पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’ को उपाधि आयोजक भद्रपुर नगर हक्की सङ्घको टिमले जितेको छ्। पुहाँतु जनज्योति माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो।

उपाधिसँगै भद्रपुर नगर हक्की सङ्घले रु दुई लाख नगद, सिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता भारतको आरके रोय अफ हक्की सङ्घलाई रु एक लाख नगदसहित सिल्ड तथा मेडल प्रदान गरिएको छ। प्रतियोगितामा भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गर्दै नगद रु ५० हजारसहित सिल्ड प्राप्त गरेको छ।

विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक भद्रपुर–८ स्थित ओमसाई पाथिभरा हस्पिटल रहेको थियो।

विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले र उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गरेका छन्। उत्कृष्ट गोलकिपर भद्रपुरकै विष्णु घिमिरे र उत्कृष्ट डिफेन्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकीले पाएका छन्। फेयर प्ले टिमको पुरस्कार पोखराको टिमले जित्दै नगद रु १५ हजारसहित ट्रफी प्राप्त गरेको छ।

विजेता टोलीलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले पुरस्कार वितरण गरेका छन्। भद्रपुर नगर हक्की सङ्घको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिताको उद्घाटन कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए।

प्रतियोगितामा भारतका तीन, विभागीयसहित नेपालका छ र आयोजक एक गरी १० टिमको सहभागितामा थियो। खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार