योसँगै सन् १९९३ मा भएको विश्वकप छनौटको बदला पनि फ्रान्सले लिन सफल भएको छ । त्यतिबेला फ्रान्सले खेलको अन्त्यतिर २ खाँदै २–१ ले पराजित बनेर विश्वकप छनौट हुन असफल भएको थियो ।

खेलमा मिखाएल अलेक्सान्द्रोभले पेनाल्टीमार्फत गोल गर्दै बुल्गेरियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको २३ औं मिनेटमा केभिन गामेरियोले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसलगत्तै डिमिट्री पायेटले फ्रान्सलाई अग्रता दिलाए ।

खेलको ३३ औं मिनेटमा एन्टोनियो ग्रिजमानले अर्को गोल थपे भने खेलको दोस्रो हाफमा गामेरियोले आफ्नो दोस्रो गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

युरो २०१६ मा छनौट हुन असफल बनेको नेदरल्याण्डको जीतमा क्विनसी प्रोमेसले २ तथा डेभी क्लासान र भिन्सेन्ट जानसनले १–१ गोल गरे । बेलारुसका लागि एलेक्सी रियोसले सान्तवना गोल गरे ।

समूहमै स्वीडेन पनि लक्जम्बर्गविरुद्ध १–० ले विजयी बन्यो ।

समूह ए मा तिनै टोलीको समान ४ अंक रहेको छ ।

समूह एचमा बेल्जियमले बोस्निया हर्जगोभिनालाई ४–० ले पराजित गर्दै विश्वकप छनौटमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार