सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल विश्वको पहिलो महिला जुन्को तावेईको शनिबार निधन भएको छ ।

७७ बर्षीया जापानी नागरिक तावेईको जापानमा स्थानीय समयअनुशार शनिबार साँझ निधन भएको टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले जानकारी दिए । उनको निधनमा अर्यालले दुःख ब्यक्त गरेका छन् ।

तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन् । उनले नेपाली गाइड आङ् छिरिङ् शेर्पाका साथमा सगरमाथा आरोहण गरेकी थिइन् । हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’ का रुपमा लिने गरेकी थिइन् ।

सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरुको समेत आरोहण गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार