स्पेनिस कोपा डेल रे कप फुटबलमा रियल मड्रिडले कल्चरल लिओनेसोमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले तेस्रो डिभिजनको क्लब कल्चरल लिओनेसोमाथि ७-१ को जित हात पारेको हो ।

लिओनेसोको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले छैटौं मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । ३२ औं मिनेटमा एसान्सिओले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए ।

morata

दोस्रो हाफमा भने रियल मड्रिडले ५ गोल थप्यो । सुरुमा नै मोराटाले गोल गरे भने ५३ औं मिनेटमा एसान्सिओ र ५४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरे । ६८ औं मिनेटमा नाचोले गोल गरे । उनको यो फ्लाइङ भली गोल निकै उत्कृष्ट र लाभेलाग्दो थियो ।

८४ औं मिनेटमा घरेलु टोलीका लागि मार्टिनेज मार्टिनेजले गोल गरेपनि त्यो सान्त्वना मात्र बन्यो । खेलको अन्तिममा डियाज मेजियाले गोल गर्दै रियल मडि्रडलाई ७-१ को फराकिलो जित दिलाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार