india

न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हात पार्दै भारतले पाँच एकदिवसीय श्रृखला जितेको छ ।

शनिबार भएको पाँचौं तथा अन्तिम एकदिवसीयमा भारतका बलर अमित मिश्रा नायक बने ।  मिश्राले घातक बलिङ गरेपछि, २७० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २३.१ ओभरमा मात्र ७९ रनमा अलआउट भयो ।

उसका लागि केन विलियम्सनले २९ रन बनाए । न्यूजिल्याण्डका पाँच ब्याट्सम्यान शून्यमै आउट भए ।

यसअघि पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । उसका लागि रोहित शर्माले ७० र विराट कोहलीले ६५ रन बनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार