स्पेनिस लिग ला लिगा फुटबलमा आज राति ९ बजे बार्सिलोना र रियल मड्रिडबीच भिडन्त हुँदैछ ।

स्पेनिस लिगमा यी दुई टोलीबीच हुने भिडन्तलाई ‘एल–क्लासिको’ भन्ने गरिन्छ । विश्व फुटबलका सर्वाधिक सफल तथा बलिया यी दुई टोलीबीचको भिडन्त विश्वभरका फुटबलप्रेमिका लागी सर्वाधिक बहुप्रतिक्षित खेल बन्ने गरेको छ ।

mvr

बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुने खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ । विश्व फुटबलका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीले पनि एक अर्काविरुद्धको खेललाई प्रतिष्ठाको लडाईंको रुपमा लिने गरेका छन् । जारी लिगमा अपराजित रहेको रियल मड्रिड सोचेअनुरुपको प्रदर्शन गर्न नसकी रहेको साविक बिजेता बार्सिलोनाबिरुद्ध उसकै मैदानमा जित हात पार्ने योजनामा छ ।

नाउ क्याम्पमा हुने एल क्लासिको भिडन्तमा विश्वकै उत्कृष्ट खेलाडीबीचको प्रतिस्पर्धाका रूपमा लिइएको छ । बार्सिलोनाका लियोनल मेसी, लुइस सुआरेज र नेमार तथा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र लुका मोड्रिक एकअकाविरुद्ध प्रतिस्पर्धामा उत्रिदै छन् ।

त्यस्तै बार्सिलोनाका कप्तान आन्द्रे इनिस्टा आजकै खेलबाट मैदान फर्किँदैछन् । एल क्लासिको भिडन्तअघि बार्सिलोनाका प्रशिक्षक लुुइस इन्रिक र रियलका प्रशिक्षक जिनेदिन जिदानले टोलीको अन्तिम प्रशिक्षण गराएका छन् । बार्सिलोनाका मिडफिल्डर आन्द्रेस इनिस्टा लामो समयको चोटपछि म्याड्रिडको खेलबाट पुनरागमन गर्दै छन् । बार्सिलोनाका कप्तानसमेत रहेका इनिस्टा घुँडाको समस्याबाट पिडित थिए । इनिस्टाले पछिल्लोपटक अक्टोबरमा खेलेका थिए । बार्सिलोनाका प्रशिक्षक इन्रिकले इनिस्टा पूर्ण्फिट भएको बताउँदै रियलविरुद्ध प्रतिस्पर्धामा उत्रने संकेत गरेका छन् ।

तर ला लिगामा रियल मड्रिडसँग सुखद इतिहास बोकेको बार्सिलोना घरेलु मैदानमा रियललाई पछार्दै अंक तालिकामा रियलसँगको अंक दुरी कम गर्ने दाउमा छ । जारी लिगमा १३ औ चरणका खेल सकिँदासम्म ३३ अंक जोड्दै रियल मड्रिड शीर्ष स्थानमा छ । ६ अंकले पछि रहेको बार्सिलोना २७ अंकका साथ दोस्रो स्थानमा छ ।

एजेन्सीको सहयोगमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार