एमालेनिकट युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ ।

गोली लागेर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातो पल्सर मोटरसाइकलमा आएका अज्ञात समुहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्लाको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा उनीमाथि गोली हानिएको हो ।

गोली प्रहार गरी फरार भएकाको खोजी कार्य जारी  राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार