काठमाडौं/तारेख बुझ्न सर्वोच्च अदालत पुगेका महाभ्रष्टाचारी लोकमानसिंह कार्कीलाई अदालत परिसरमै कालोमोसो दलिएकाे छ । कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला कार्कीको दाहिने गालामा मोसो दलिएकाे हाे।
कार्कीलाई मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। अदालतभित्रै नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाइएको थियो।
कार्की उनीविरूद्ध अदालतमा परेको मुद्दाको तारेख बुझ्दै थिए। म्याद तामेली गर्न अवरोध पुर्याएको भन्दै अदालतमा परेको रीट निवेदनमा कार्की स्वयंलाई उपस्थित भएर तारेख बुझ्न अदालतले आदेश दिएको थियो।
प्रहरीले प्रकाश शाही र चन्द्र बुढालाई नियन्त्रणमा लिएको छ ।







