काठमाडौं, पुस १३, भारतको सिलगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरूद्ध गोलको वर्षा गरेको छ।

बुधबार कञ्चनजंघा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ९(० को जित दर्ता गरेको हो। नेपालका लागि साबित्रा भण्डारीले ५ गोल गरिन्।

खेलको पहिलो हाफमा ३–० ले अगाडि रहेको नेपालले बाँकी गोल दोस्रो हाफमा गरेको हो।

पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित ५ गोल गरिन्। थप गोल सपना लामा, हिराकुमारी भुजेल, निर्मला विक र अन्जली वाइवाले गरे।

आजको जीतसँगै समूह ए मा रहेको नेपालले ६ अंकसहित शीर्ष स्थानमा मजबुत भएर बसेको छ। यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अंकसहित दोस्रो स्थानमा छ। अब नेपालले पर्सी श्रीलंकासँग अन्तिम लिग खेल खेल्नेछ। आजै भएको पहिलो खेलमा श्रीलंकाले भुटानलाई २–० ले हरायो। लगातार दोस्रो जित निकालेको नेपाली टोलीले सेमिफाइन यात्रासमेत पक्का गरेको छ ।

नेपाल र माल्दिभ्सको महिला राष्ट्रिय टिम चौथोपल्ट आपसमा प्रतिस्पर्धामा ओर्लिएका हुन् । यसअघि भएका तीनै खेल नेपालले सजिलै जितेको थियो । सन् २०१० मा कक्सबजारमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपालले ६–०, कोलम्बोमा २०१२ मा भएको तेस्रो साफमा ५–० र सिलोङमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २–० को जित हात पारेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार