लोकमान कार्कीलाई सर्वोच्च अदालत परिसरभित्रै कालोमोसो दल्ने विप्लव माओवादीका दुई युवालाई जेलबाट रिहापछि भव्य स्वागत गरिएको छ ।

एक महिना जेल जीवन बिताएर शुक्रबार रिहा भएका माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढाथोकीलाई सयौं जनताको उपस्थितिमा स्वागत गरिएको हो ।
थुना मुक्त भएका आफ्ना कार्यकर्तालाई अखिल (क्रान्तिकारी)ले प्रहरी परिसर टेकुबाट त्रिपुरेश्वर चोकसम्म जुलुस निकालेर फूलमालासहित अबिर लगाई भब्य स्वागतका साथ सम्मान गरेको थियो ।
महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संगठना केन्द्रीय महासचिव दीपेन्द्र चलाउने र केन्द्रीय अध्यक्ष पूर्ण सिंहले मन्तब्य राखेर थुना मुक्त आफ्ना कार्यकर्तालाई स्वागत गरेका थिए ।







