विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेका परिवर्तनकारी राजीनतिक सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ ।
आज पनि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ यो सुकार्यमा अहोरात्र लागिरहकै छ र यस कार्यलाई निरन्तर अगाडि बढाइरहनु यसले आफ्नो कर्तव्य ठान्दछ । यसरी नै नेपाली समाजको उज्जवल भविष्य, सुसंस्कृत र सभ्य समाज निर्माणका निम्ति निरन्तर लागिरहने अन्य थुप्रै प्रगतिशील सांस्कृतिक सङ्घ–संस्था र स्रष्टाहरूको भूमिका पनि सामान्य रहेको छैन । यिनै सांस्कृतिक मोर्चा र स्रष्टाहरूका कारण आज हामी यो अवस्थामा आइपुगेका छौँ ।
यसर्थ, यो महान् कार्यलाई हामी सबैले हृदयङ्गम गर्नुपर्दछ । हरेक देशको रक्षा, त्यस देशभित्र जागेको देशभक्तिपूर्ण भावनाका साथै, समर्पण र त्यागले मात्र हुन सक्तछ । यो विचार र भावनालाई जोगाइराख्ने काम अग्रभागमा रहेर संस्कृतिकर्मीहरूले विगतमा खेलेको भूमिका उल्लेखनीय रहेको छ । यसर्थ, यो स्वर्णीम कार्यलाई आजको बदलिंदो परिवेशमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा एउटा बृहत् देशभक्तिपूर्ण सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
नेपाली जनताका रहेको देशभक्तिपूर्ण भावना र परिवर्तनकारी सोचलाई झकझक्याउनु, जागरुक बनाउनु र राष्ट्रप्रति हुने हरेक राष्ट्रघाती कदमप्रति जनतालाई सचेत र सजग गराउनु यस कार्यक्रमकाो मुख्य उद्देश्य हो । त्यस्तै, नेपाली समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रगतिशील सङ्घ–संस्थाहरूका बीच र स्रष्टाहरूका बीच वैचारिक, सांस्कृतिक र भावनात्मक एकता कायम कायम गराउँदै परिआए देशको निम्ति हामी सबै एक ठाउँमा छौँ भन्ने एकताको सन्देश दिनु यो कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य हो । प्रगतिशील सांस्कृतिक मोर्चहरूको सहकार्य, गतिशीलता, सांस्कृतिक, वैचारिक प्रविद्धता र क्रियाशीलताले मात्र सुसंस्कृत र सुन्दर समाज निर्माणको यात्रा अघि बढ्न सक्तछ भन्ने कुरा प्रवाह गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो । सम्पूर्ण जनताकालाई एकताको सूत्रमा गाँस्नु यसको अर्को लक्ष्य हो ।
यस कार्यक्रमका प्रस्तुत साङ्गीतिक प्रस्ततिहरूले उपस्थित दर्शकहरूमा देशभक्तिपूर्ण भावना जगाउनुका साथै, समाज रूपान्तरणका निम्ति यथास्थितिवादी सोच राखेर हुँदैन, प्रगतिशील र परिवर्तनकारी सोच राख्नुपर्दछ भन्ने कुरालाई उत्प्रेरित गर्दछ अनि समाज परिवर्तनशील छ, यसलाई गतिमा बुझ्नुपर्दछ भन्ने वैज्ञानिक विचार पनि सम्प्रेषित गर्दछ ।
यस कार्यक्रमले हरेक दर्शकहरूलाई जीवनको अर्थ पद र पैसामा होइन, हरेक नयाँ सिर्जनशील कर्ममा हुन्छ भन्ने कुरा सिकाउँछ अनि हरेकलाई आफ्नो भूमिकाप्रति बफादार र प्रतिवद्ध रही एउटा सच्चा नागरिककको पहिचान बनाउन उत्प्रेरित गर्दछ । मानवमा रहेको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्न यो कार्यक्रमले उल्लेखनीय भूमिका खेल्दछ । यो नेपाली समाज र देशको निम्ति एउटा ठूलो उपलब्धि हो ।
स्वाभाविक रूपमा यसको असर प्रभाव समाजमा सकारात्मक पर्नेछ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र राष्ट्रिय नाचघरले खेलेको यो भूमिकाको असर नेपाली समाजमा उल्लेखनीय बन्नेछ । यो कर्मले सबै प्रगतिशील सांस्कृतिक संस्थाहरूलाई यस्ता कार्यप्रति अग्रसर बन्न अनिवार्य गराउँछ । यसप्रकारको सांस्कृतिक कर्म र अभियानहरूले सिङ्गो देशलाई बदल्न सकारात्मक प्रभाव पार्दछ ।
सहभागी सांस्कृतिक संस्थाहरू
(क) अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
(ख) राष्ट्रिय जनसांस्कृतिक महासङ्घ
(घ) जनसांस्कृतिक महासङ्घ
(ङ) रक्तिम सांस्कृतिक अभियान
(च) अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
(छ) राष्ट्रिय नाचघर
(ज) सामना सांस्कृतिक परिवार
(झ) अखिल नेपाल क्रान्तिकारी चलचित्र सङ्घ
(ज्ञ) अखिल नेपाल लोककलाकर्मी सङ्घ
(ट) चिराग जनसांस्कृतिक परिवार
सहभागी स्रष्टाहरू
रायन श्रेष्ठ
रामेश श्रेष्ठ
जेबी टुहुरे
खुसीराम पाख्रीन
जीवन शर्मा
शरद पौडेल
टेक बलम्पाकी
प्रदिप देवान
लक्ष्मण शेष
ढुण्डीराज अधिकारी
रमण थामी
निर्मला घिसिङ
बबिता पाख्रीन
कुस्मिता दर्लामी
लक्ष्मी गुरुङ







