नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टीले इतिहास रच्ने बताएका छन् ।

आज काठमाडौंमा पार्टीको आठौं महाधिवेशन र २२ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै महासचिव विप्लवले आठौं महाधिवेशनबाट इतिहास रच्ने बताएका हुन् ।

‘नेपालको इतिहासमा भएका परिवर्तनकारी आन्दोलनहरु सम्झौतामा टुंगिए । अब हामी त्यस्तो हुन दिने छैनौं ।’ महासचिव विप्लवले भने, ‘हामीले सम्झौतामा टुंगिएका आन्दोलनहरुलाई पूरा गरेर इतिहास रच्ने छौं ।’

नेपालको इतिहासमा कांग्रेस एमालेहुँदै प्रचण्ड माओवादी समेत विदेशी शक्ति केन्द्रको षडयन्त्रमा फसेको फसेको भन्दै महासचिव विप्लवले नेपालको राजनीतिमा दलाल शक्ति हावी भएको बताए ।

जनयुद्धपछि शान्तिसम्झौतामा राजवादी र माओवादीहरुले हारेको तर विदेशी शक्तिको इशारामा चलेको कांग्रेस, एमालेजस्ता दलहरुले जितेको विप्लवको भनाई थियो ।

आफ्नो पार्टीले देश र जनताको पक्षमा एकपटक अन्तिम लडाई लड्न खोजेको भन्दै महासचिव विप्लवले आफुहरुलाई साथ दिन आम जतालाई अपिल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार