नेपाल कम्युनिस्ट पार्टीले भारतमा चलिरहेको माओवादी आन्दोलन र पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालोको पक्षमा ऐक्यबद्धता जाहेर गरेको छ ।

पार्टीको आठौं थबाङ महाधिवेशनपछि जारी गरिएको विज्ञेप्तीमा भारतको माओवादी आन्दोलन, पेरुको माओवादी जनयुद्धको पक्षमा  र मध्यपूर्वमा भएको अन्यापपूर्ण युद्धको विपक्षमा कम्युनिस्ट पार्टीले ऐक्यबद्धता जाहेर गरेको हो ।

भारतीय माओवादी आन्दोलनका क्रममा राज्यबाट भएको ज्यादतीको कम्युनिस्ट पार्टीले जोडदार रुपमा भत्र्सना गरेको छ ।

‘भारतमा भारतीय जनताको मुक्ति र क्रान्तिकालागि संघर्षरत भारतीय कम्युनिस्ट पार्टी (माओबादी)का तमाम नेता, कार्यकर्ता र जनताको त्यहाँको साम्राज्यवादी शासकबाट हत्या गरिएको छ, गिरफ्तारी गरिएको छ र बन्दी बनाइएको छ ।’ विज्ञेप्तीमा भनिएको छ- ‘हाम्रो पार्टीको यो महाधिवेशन त्यसप्रकारको दमनको बन्द गरियोस, बन्दीहरुलाई मुक्त गरियोस् भनि यो प्रस्ताव पारित गर्दछ ।’

पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालोको गिरफ्तारीबारे विज्ञेप्तीमा भनिएको छ- ‘पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालोलाई सन् १९९२ मा गिरफ्तार गरी अहिलेसम्म बन्दी अवस्थामा राखिएको छ । कमरेड गोन्जालो, केन्द्रीय सदस्य कमरेड मीरीयाम लगायत तमाम केन्द्रीय सदस्यहरु, बन्दी बनाइएका हजारौ नेता र कार्यकर्ताहरुको स्थिति स्पष्ट गर्न र सम्पूर्ण बन्दीहरुको रिहाई गर्न पेरुको शासकसँग माग गर्दै यो प्रस्ताव पारित गरिन्छ ।’

मध्यपूर्वमा अमेरिकी साम्राज्यवादबाट गरिएको युद्धको पार्टीले घोर भत्र्सना गरेको छ ।

‘अमेरीकी साम्राज्यवादको नेतृत्वमा सिरीया लगायत मध्यपूर्वका देशहरुमा युद्ध थोपर्दै लाखौ जनताको हत्या गरिएको छ । यसप्रकारको साम्राज्यवादी युद्ध बन्द गर्न जोडदार माग गर्दै जनताको मुक्ति र शान्तिको पक्षमा यो महाधिवेशन प्रस्ताव पारित गर्दछ ।’ विज्ञेप्तीमा पार्टीले भनेको छ- ‘कम्युनिस्टहरुबाट, राष्ट्रवादी शक्तिहरुबाट र साम्राज्यवाद बिरोधी शक्तिहरुबाट संसारभर चलाइएका क्रान्तिकारी, राष्ट्रिय स्वाधिनता प्राप्त गर्ने र साम्राज्यवाद बिरोधी आन्दोलनहरुप्रति ऐक्यबद्धता जाहेर गर्न यो प्रस्ताव पारित गरिन्छ ।’

यसरी पार्टीले विश्वभरि चलेको न्यायपूर्ण आन्दोलनको समर्थन र अन्यायपूर्ण युद्धको भण्डाफोर गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार