स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टाभिगोमाथि शानदार जित हात पारेको छ ।

लिओनल मेस्सीको उत्कृष्ट दुई गोलसँगै बार्सिलोनाले सेल्टाभिगोमाथि ५-० को फराकिलो जित हात पारेको हो ।
खेलमा बार्सिलोनाले २४ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता लियो ।
दोस्रो होफमा ८ मिनेटभित्र बार्सिलोनाले ३ गोल थप्यो । ५७ औं मिनेटमा राकिटिचले गोल गरे भने ६१ औं मिनेटमा उम्टिटीले गोल गरे ।
६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत गोल गरेपछि बार्सिलोना ५-०को जित हात पारेको छ ।
जितसँगै बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । उसको २६ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५९ अंक छ र उसले एक खेल कम खेलेको छ ।







