आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपालले केन्यासँग दोस्रो खेल खेलिरहेको छ ।

बलिङ  रोजेको नेपालले ४६.१ ओभरमा १० विकेट लिएर १५६ रनमा केन्यालाई रोक्यो । अब यसपछि नेपालले ब्याटिङ गर्नेछ ।

पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ । पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपालको लागि दोस्रो खेल गर या मरको अवस्थामा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्याविरुद्ध दोस्रो खेल खेल्न मैदान उत्रँदा नेपालको लक्ष्य जित नै हुनेछ । तर केन्यासँगको जितले मात्र नेपाललाई शीर्ष चारमा पर्ने सम्भावना कायम गराउँछ। हारले भने नेपालको शीर्ष चारमा पर्ने सम्भावना झनै कठिन हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार