पाँच पल्ट विश्व कप जितेको ब्राजिल ७ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ।

सन् २०१० को विश्व कपमा नेदरल्यान्ड्सबाट पराजय भोगेपछि ब्राजिलले फिफा वरियताको शीर्ष स्थान गुमाएको थियो।

यसयता ब्राजिल नम्बर एक स्थानमा उक्लिन असफल हुँदै आइरहेको थियो। हाल विश्व कप छनोटमा उत्कृष्ट प्रदर्शन गरिरहेको ब्राजिलले उरुग्वे र पाराग्वेलाई जितेपछि नम्बर १ स्थानमा उक्लिन सहज बन्यो।

गत महिनासम्म विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना थियो। ब्राजिल शीर्ष स्थानमा उक्लिएपछि अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ।

अर्जेन्टिना २०१६ देखि फिफा वरियताको शीर्ष स्थानमा थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार