काठमाडौं । उत्तर–कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । पछल्ला चरणमा पनि दक्षिण कोरियाका नयाँ राष्ट्रपति मून जे इन निर्वाचित भएयता उत्तर–कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको हो ।
यो क्षेप्यास्त्र निकै शक्तिशाली रहेको बताइन्छ । आणविक हतियार बोकेर अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन बनाउन उत्तर–कोरिया सफल बन्दै गउको हो कि भन्ने कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु बताएका छन् ।
केही दिनअघि मात्र लामो दुरीको मार हान्न सक्ने उत्तर–कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । पछिला चरणमा प्रहार गरिएको क्षेप्यास्त्र ५ सय ६० किलोमिटरको दूरीसम्म पुगेर जापानको समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ ।
यसले आणविक हतियारसहित अमेरिकाको जुनसुकै क्षेत्रमा मार हान्न सक्ने ८ हजार किलोमिटर विकासमा उत्तर कोरिया जुटेको प्रमाणित हुन्छ ।
पछिल्लो परीक्षणबारे प्याङयोङ मानै रहेको छ ।

