
नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ ।
नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।
६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ ।







