
मलेसियामा जारी यू-१९ एसियाकपमा सम्पन्न खेलमा बंगलादेशले भारतलार्इ पराजित गरेसँगै नेपाल प्रतियोगिताकाे सेमिफाइनलमा प्रबेश गरेको छ।
समूह ए बाट बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह ‘ए’ को उपविजेता बन्दै नेपाल पहिलोपटक सेमिफाइनलमा प्रबेश गरेको हो।
यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलार्इ १९ रनले पराजित गरेको थियो।
सेमिफाइनलमा नेपालको सामना समूह बी को विजेता अफगानिस्तानसँग हुनेछ भने बंगलादेशले समूह बी को उपविजेता पाकिस्तानसँग सामना गर्नेछ।







