विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १ विकेटको सनसनीपूर्ण जित निकालेकाे छ ।
जितसँगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेकाे छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् ।
उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।
नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ ।
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसँगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ ।







