नेपाली टोलीका कप्तान पारस खड्काले अन्तिम खेलमा जितका लागि प्रयास गर्ने बताएका छन् ।
विश्वकप छनोटमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको सुपर सिक्स पुग्ने सम्भावना कमजोर भएको छ । शनिबार नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो ।
खेलपछि कप्तान पारस खड्काले भने, ‘यदि ३०/४० थप रन जोड्न सकेको भए अवस्था अर्कै हुन्थ्यो ।’
राम्रो सुरुवात गरेर पनि त्यसलाई निरन्तरता दिन नसकेको उनले बताए । उनले भने, ‘हामीसँग एक खेल बाँकी छ । हामीले प्रयास गरेको हो तर, तीन वटै खेल गुमाउन पुग्यौं ।’
हरेक खेल देशका लागि र जित्नका लागि खेलिने भन्दै उनले अघि भने, ‘अन्तिम खेलमा जित्ने प्रयास गर्छौं ।’
विश्वकप छनोटमा नेपालले आफ्नो क्षमता अनुसार खेल्न नसकेको कप्ताान पारसले स्वीकार गरे ।
यो प्रतियोगितापछि नेपालको केही घरेलु खेल मात्र रहेको भन्दै उनले थप खेल खेल्ने चाहना रहेको बताए ।
भिडियाेमा पारस यसाे भन्छन् –
https://www.facebook.com/onlinekhabarnews/videos/1714689655256215/







