रूसको राजधानी मस्कोमा बिहिबार राति सुरू भएको २१ औं संस्करणको फिफा विश्वकप फुटबल लुजुइकी रंगशालामा भब्य रुपमा सम्पन्न भएको छ।
नेपाली समयअनुसार करिब साँझ ८.१५ बजे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरे । उदघाटनमा स्पेनिस पूर्वकप्तान इकर कासियासले विश्वकपको ट्रफी मैदानमा ल्याएलगत्तै विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको थियो।
बेलायती पपस्टार रोब्बी विलियम्सले ‘एन्जल्स्’ भन्ने गीत गाएका थिए। उनलाई रसियाली क्लासिकल गायिका आइदा गारिफुल्लिनाले साथ दिएकी थिइन् ।
कार्यक्रममा रसियाली राष्ट्रपति भ्यादमिर पुटिन र फिफा अध्यक्ष गियनी इन्फाटिनोलगायतले सम्बोधन गरेका थिए।

विश्व फुटबलको महाकुम्भ रुसमा शुरु

विश्व फुटबलको महाकुम्भ रुसमा शुरु

विश्व फुटबलको महाकुम्भ रुसमा शुरु

विश्व फुटबलको महाकुम्भ रुसमा शुरु

विश्व फुटबलको महाकुम्भ रुसमा शुरु








