
नेमार र फिलिप्पे कौटिन्होले कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिललार्इ विश्वकपको पहिलो जित दिलाएका छन्।
निर्धारित समयमा कोस्टारिकाले ब्राजिललार्इ गोररहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो मिनेटमा कौटिन्हो र थपिएको ८ अौं मिनेटमा नेमारले गोल गरेका हुन्।
गाब्रिअल जिससको पासमा कौटिन्होले गोल गरेका थिए। यसअघि ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध १-१को बराबरी खेल्दा पनि कौटिन्होले गोल गरेका थिए।
डाउग्लास कोस्टाले उपलब्ध गराएको पासमा नेमारले गोल गरेका हुन्। योसँगै ब्राजिलको इतिहासमा सर्बाधिक गोल गर्ने खेलाडीको सुचीमा नेमार तेस्रो स्थानमा पुगेका छन्। उनले ब्राजिलका लागि ५६ गोल अाज पूरा गरेका हुन्। उनी अघि पेलेले ७७ र रोनाल्डोले ६२ गोल गरेका छन्।
जितसँगै ब्राजिल समूह र्इ को शीर्षमा रहँदै अन्तिम १६ को नजिक पुगेको छ। कोस्टारिका भने विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ।







