रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन्। यस्तै ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन्।

अहिलेसम्म अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ए बाट आयोजक रसिया र उरूग्वे एक खेल अगावै अन्तिम १६ मा पुगिसकेका छन्। सोही समूहबाट एसियाली राष्ट्र साउदी अरेबिया र इजिप्ट बाहिरिएका छन्।
यस्तै समूह बी बाट स्पेन पोर्चुगल र इरानको समान सम्भाना छ। समान २ खेलेका उहीहरूमध्ये स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरान तीन अंकसहित प्रतिश्पर्धामा छ। दुबै खेल हारेको मोरक्को बाहिरिसकेको छ।
अब यो समूहको सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्छ। जसमा इरान र पोर्चुगलबीच हुने खेलको विजेता दोस्रो चरणमा पुग्छ। उता स्पेनलाई दोस्रो चरणमा पुग्न मोरक्कोलाई हराउनुपर्ने हुन्छ।
समूह सि बाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ भने पेरू बाहिरिइसकेको छ। यो समूहबाट डेनमार्क ४ अंकसहित दोस्रो स्थानमा छ भने अष्ट्रेलियाले १ अंकसहित नकआउट चरण प्रवेशको सम्भावना जिवितै राखेको छ।
अब अन्तिम खेलमा फ्रान्सविरूद्ध जित निकाले डेनमार्क अन्तिम १६ मा पुग्नेछ भने अष्ट्रेलियाले पेरूलाई हराए पुग्न सक्छ।
समूह डिबाट क्रोएसिया अन्तिम १६ मा पुग्ने पहिलो टिम भएको छ। यसमा नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १-१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन्।
अब अन्तिम खेलबाट नकआउट चरण पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ। यो समूहबाट कोही बाहिरिएका छैनन्।
समूह ई बाट कोही पनि अन्तिम १६ मा प्रवेश गरेका छैनन् यद्यपी ब्राजिल र स्विटजरल्याण्ड शीर्ष दुईमा छन् भने सर्वियाले ३ अंकसहित नकआउट चरण प्रवेश सम्भावना कायमै राखेको छ। यो समूहबाट कोष्टारिका बाहिरिसकेको छ। अब अन्तिममा हुने सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ भने स्विटजरल्याण्डलाई अन्तिम १६मा पुग्न कोष्टारिकालाई हराउनुपर्नेछ।
समूह एफबाट कोही पनि नकआउट चरणमा पुगेका छैनन् र कोही बाहिरिएका छैनन्। यसमा सबैको सम्भावना छ।
समूह जीमा पनि एक-एक भएका छन्। जसमा बेल्जियम र इङ्ल्याण्डले जित निकालेका छन्। यसमा कोही नकआउट चरणमा प्रवेश गरेको छैन र कोही आउट पनि भएको छैन। सबैको सम्भावना उत्तिकै छ।
समूह एचमा पनि एक-एक खेल भएको छ। यसमा जापान र सेनेगलले जितेका छन्। पोल्याण्ड र कोलम्बिया रहेको समूहमा सबैको सम्भावना उत्तिकै छ।
शनिबार बिहानसम्म अन्तिम १६ मा पुगेका टिम
रसिया (ए)
उरूग्वे (ए)
फ्रान्स (सी)
क्रोएसिया (डी)
शनिबार बिहानसम्म बाहिरिएका टिम
साउदी अरेबिया (ए)
इजिप्ट (ए)
मोरक्को (बी)
पेरू (सी)
कोस्टारिका (ई)







