
इङ्ग्ल्याण्डलाई २–१ ले स्तब्ध पार्दै क्रोएशिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार बिहान रुसको मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा क्रोएशिलाले ऐतिहासिक जित दर्ता गराएको हो ।
सन् १९९८ मा विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता यो क्रोएशियाको एेतिहासिक जित हो ।
निकै रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले पाचौं मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो तर खेलको ६८ औं मिनेटमा क्रोएशियाले बराबरी गोल गर्न पुग्यो ।
त्यसपछि ९० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्र समयमा धकेलिएको थियो ।
क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।
अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।







