विश्वका चर्चित खेलाडीहरू लियाेन मेस्सी र क्रिस्टियानाे राेनाल्डाेलार्इ पछि पार्दै रसियामा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा विश्व विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डको गोल उत्कृष्ट गोल हुन पुगेकाे छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाभार्डको गोल रूस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको हो। कोलम्बियाका जुवान क्विनटेरोले गरेको गोल दोस्रो र क्रोएसियाका लुका मोड्रिचको गोल तेस्रो भएको हो।

फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो। विश्वकप अन्तर्गत अर्जेन्टिनाविरुद्धको प्रि क्वाटरफाइनल खेलमा पाभार्डले हाफ भली गोल गरेका थिए ।

डिबक्स बाहिरबाट उनले प्रहार गरेको लामो सुट निकै सुन्दर तरिकाले गोलमा परिणत भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो।

रूस विश्वकपमा भएका ६४ खेलबाट कुल १६९ गोल भएको थियो। फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो। जसमा पाभार्डको गोलले बाजी मारेको हो।

पाभार्ड सन् २००६ पछि विश्वकपमा उत्कृष्ट गोल गर्ने पहिलो युरोपियन खेलाडी समेत बनेका छन्। क्विनटेरोले जापानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए। यस्तै मोड्रिचले अर्जेन्टिनाविरुद्ध लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए ।

रुस विश्वकपको उत्कृष्ट गोलको सूचिमा चौथो नम्बर मा पोर्चुगलका स्टार रोनाल्डोको गोल भएको छ। उनले स्पेनविरूद्ध गरेको फ्रि किक गोलले चौथो स्थान ओगटेको हो।

यस्तै अर्जेन्टिनाका मेसीले नाइजेरियाविरूद्ध गरेको गोल पाँचौ उत्कृष्ट गोल भएको छ। यस्तै रसियाका डेनिस चेरेशसिभले क्रोएसियाविरूद्ध गरेको गोल छैठौं उत्कृष्ट गोल भएको छ।

यस्तै बेल्जियम नाचेर चादिलले जापानविरूद्ध गरेको गोल उत्कृष्ठ सातौमा पर्दा नाइजेरियका मुसाले आइसल्याण्डविरूद्ध गरेको गोलले आठौं स्थान ओगटेको छ। यस्तै पोर्चुगलका रिकार्डो नवौ र जर्मनीका टोनी क्रुस दसौ नम्बरमा परेका छन्।

विश्वकपको शीर्ष १० गोलहरू (भिडियाे)-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार