नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छ । प्रवेशको पहिलो खेल नेपाल अहिले घरेलु टोली नेदरल्याण्ड्सविरुद्ध खेलिरहेको छ ।

घरेलु टोली नेदरल्याण्डसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि यो समाचार तयार पार्दासम्म नेपालले ३ विकेट हात पारिसकेको छ । निर्धारित ५० ओभरको खेलमा १३ ओभरको खेल सकिदा नेद्रल्याण्ड्स ६० रन जोड्दा तीन विकेट गुमाएको छ । नेपालका तर्फ सोमपाल कामी, कप्तान पारस खड्का र सन्दीप लामिछानेले विकेट हात पार्न सफल भएका छन् ।

गत वर्ष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाएको नेपालले आज आफ्नो पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय म्याच नेदरल्याण्डसविरुद्ध उसकै मैदानमा खेलिरहेको छ । यसका साथै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र तथा २७ औं टोली बनेको छ।

ऐतिहासिक एकदिवसीय खेल्ने ११ भाग्यमानी खेलाडीहरु पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी तथा अनिलकुमार साह हुन्।

https://www.youtube.com/watch?v=f4XnXmv0BRM

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार