नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा नेदरल्याण्ड्सबाट १ सय ९० रनको चुनौती पाएको छ ।

घरेलु टोली नेदरल्याण्डसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि कप्तान पारस खड्काको प्रेरणादायी बलिङमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८९ रनमा रोकेको छ । निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा नेदरल्याण्ड्सले उस्का सबै खेलाडी गुमाएर १ सय ८९ रन बनायो । नेदरल्याण्ड्का लागि उस्का मध्यक्रमका व्याट्सम्यान माइकल रिपन सर्वाधिक ५१ रनको योगदान गरेका थिए ।

नेपालका तर्फ कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करन केसीले १ विकेट हात पार्न सफल भएका छन् । वसन्तले नेदरल्याण्ड्सका कप्तान पिटर सिलरलाई मात्र ५ रन जोड्दा शक्ति गौचनबाट क्याच गराउन सफल भएपछि घरेलु टोली दबाबमा परेको थियो । सिलर गए लगत्तै कप्तान पारस खड्काको माइकल रिपन आउट भए ।

अर्धशतक बनाएका रिपनको वहिर्गमन पछि नेदरल्याण्ड थप दबाबमा परेको थियो । त्यस्तै कप्तान पारसको हातमा चार विकेट पर्ने क्रममा शेर स्नेटरलाई खाता नखोल्दै शिकार बनाए । गत वर्ष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाएको नेपालले आज आफ्नो पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय म्याच नेदरल्याण्डसविरुद्ध उसकै मैदानमा खेलिरहेको छ ।

यसका साथै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र तथा २७ औं टोली बनेको छ। ऐतिहासिक एकदिवसीय खेल्ने ११ भाग्यमानी खेलाडीहरु पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी तथा अनिलकुमार साह बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार