हाम्रो उमेर जति माथि चढ्दै जान्छ त्यति नै हाम्रो शरीर पनि कमजोर हुदै जान्छ । त्यसैले हाम्रो शरीरलाई पूरै रुपमा स्वस्थ र क्रियाशील बनाइराख्न केही भिटामिन र मिनरल्सको आवश्यकता परिपूर्तिमा ध्यान दिन जरुरी छ । भिटामिनले शरीरलाई पोषण दिने मात्र होइन धेरै रोगहरुबाट समेत जोगाउछ । ३५ देखि ४० बर्षपछि मानिसको अनुहारको तेज क्रमश हराउदै जाने र विभिन्न रोगको शिकार समेत हुने गरेको पाइन्छ । त्यसैले सबै समस्याबाट बच्न र यौवनको आकर्षण कायम राख्न शरीरलाई भिटामिन र मिनरल्स आवश्यक छ ।
भिटामिन बी १२
भिटामिन बी १२ ले हाम्रो शरीरमा हुने डीएनएको निर्माण र त्यसलाई समन्वय गर्ने काममा सहयोग गर्दछ । यसले हाम्रो मष्तिस्क, मेरुदण्ड र स्नायुलाई स्वस्थ राख्न महत्वपूर्ण भुमिका खेल्दछ । रातो रगत निर्माणमा समेत भिटामिन बी १२ को महत्व रहेको छ । शरीरलाई चाहिने थरि थरिका प्रोटिन बनाउने काम समेत भिटामिन बी १२ ले गर्दछ । त्यसैले भिटामिन बी १२ हाम्रो शरीरलाई अत्यावश्यक भिटामिन मध्ये एक हो ।
भिटामिन बी १२ को स्रोत
बिशेष गरेर मांशाहारी पदार्थमा भिटामिन बी १२ प्रचुर मात्रामा पाईन्छ । शाकाहारी व्यक्तिहरुले भने आफ्नो खानामा ध्यान दिन आवश्यक रहेको चिकित्सकले बताएका छन् । शाकाहारी ब्यक्तिहरुले दूध, दही, पनिर, चीज, मक्खन, सोया मिल्कबाट भिटामिन बी १२ प्राप्त गर्न सक्दछन् । आलु, गाजर, मुला, शलगममा पनि भिटामिन बी १२ पाइन्छ ।
क्याल्सियम
क्याल्सियम स्वास्थ्यको लागि अत्यावश्यक तत्व हो । यसले शरीरको हड्डी, मांशपेशीलाई बलियो बनाउँछ । महिलाकालागि ५० बर्षसम्म र पुरुषकालागि ७० बर्षसम्म १००० मिलिग्राम क्याल्सियम आवश्यक रहन्छ । त्योभन्दा पनि उमेर ढल्किदै गएपछि १२०० मिलिग्राम क्यासल्सयम नियमित रुपमा बिभिन्न माध्यमबाट सेवन गर्न आवश्यक रहेको चिकित्सकहरुले सुझाएका छन् ।
क्याल्सियमको स्रोत
हामीले दैनिक खाने विभिन्न खानेकुराहरु नै क्याल्सियमको स्रोत मानिन्छ । दूध र दूधबाट बनेका खाद्य पदार्थलाई क्याल्सियमको मूख्य स्रोत मानिन्छ । ताजा सागपात, सोयामिल्क, अन्डा, सिङगो दानायुक्त खाद्य पदार्थमा पनि क्याल्सियम पाइन्छ ।
भिटामिन डी
भिटामिन डीले हड्डिलाई बलियो बनाउँछ । साथै शरीरलाई चाहिने पोषक तत्व समेत प्रदान गर्दछ ।
शरीरमा भिटामिन डीको निर्माण हाइड्रक्सी कोलस्ट्रोल र अल्ट्रावायलेट किरणको सहयोगले हुने गर्दछ । त्यसको साथै शरीरमा हने रसायन कोलीकल कैसीरोल हामीले खाने खानेकुराको साथमा मिलेर भिटामीन डी बन्दछ ।
भिटामिन डीको स्रोत
सूर्यको कलिलो किरणबाट सबैभन्दा बढि भिटामीन डी पाइने चिकित्सकहरुले बताएका छन् । हरेक दिन बिहान कलिलो घाममा १५ मिनेट बसे पर्याप्त भिटामीन डी प्राप्त हुन्छ । त्यस्तै माछा, मासु, अण्डा, माछाको तेल, दूधबाट बनेका खाद्य पदार्थमा भिटामिन डि पाइन्छ ।
म्याग्नेसियम
हामीले खाने खानामा म्याग्नेसियमको मात्रा पर्याप्त भएमा मधुमेहको खतराबाट बच्न सकिन्छ । म्याग्नेसियमको कमिले धमनी सम्बन्धि रोग, मधुमेह, अर्थारायटिस् जस्ता समस्या हुन सक्ने खतरा हुन्छ । हाम्रो शरीरमा हुने एन्जाइम प्रतिकृयाको लागि म्याग्नेसियम जिम्मेवार हुने हुँदा यसको कमीले शरीरको बिभिन्न प्रकृयामा असर पर्न सक्छ ।
म्याग्नेसियमको स्रोत
हरियो सागपात, सिङगो दानायुक्त खाद्य पदार्थ, ओखर, बदाम, काजु, सोयाबिन, केरा, एप्रीकोट, फर्सी, दही, दूध, चकलेट, तुलसीमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ ।
ओमेगा ३
ओमेगा ३ ले शरीरलाई चाहिने एक महत्वपूर्ण एसीड हो । ओमेगा ३ को सेवनले हृदयघातको जोखिमलाई कम गर्दछ । यसले धमनिलाई फैलिन सहयोग गरी रक्त प्रवाहलाई सन्तुलित रुपबाट प्रवाहित गर्दछ । साथै शरीरमा हुने एन्जाइमलाई शरीरमा घुलाउन सहयोग गर्दछ । जसले मेटाबोलीजमलाई बलियो बनाउछ ।
ओमेगा ३ को स्रोत
आलसको दाना, ओखर, ब्लुबेरी, रायोको तेल, सोयाबिन, सालमोन माछा, सि फुडमा प्रचुर मात्रामा ओमेगा ३ पाइन्छ ।
–एजेन्सीको सहयोगमा
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







