नेपाललमा सर्पले डसेर बर्षमा सयाै मान्छेहरुकाे ज्यान गईरहेकाे छ । अाज हामी तपाईलाई सर्पले डसे के-के गर्ने भन्ने बारेमा जानकारी दिन गईरहेका छाै । यी कुराहरु तपाईले अपनाउनु हाेस ।
१-सर्पले डसेकाे व्यक्ति लाई जहाँ छ त्यहि राख्नुपर्छ । जसले गर्दा बीस शरिरभर फैलन पाउदैन ।
२-सर्पले डसेकाे एक मिनेटभित्र अाफ्नाे शरिरमा भएका सबै टाईट गहना कपडाहरु फुकाल्नु पर्छ र उक्त ठाउँमा टाईट पट्टि बाध्नु हहुदैन ।
३-जुन ठाउँमा टाेकेकाे छ त्याे भागलाई मुटकाे लेभल भन्दा तल राख्नुपर्छ ।
४-जुन ठाउँमा टाेकेकाे छ । उक्त ठाउँ कपडाले छाेप्नुपर्छ । जसले गर्दा अन्य संक्रमन हुने सम्भावना कम हुन्छ ।
५-घाइते लाई शान्त राख्नुपर्छ ।
६-सर्पले टाेकेकाे ४ घण्टा भित्र एन्टिभेनम दिनुपर्छ ।
७- डसेकाे सर्पलाई मार्ने प्रयास गर्नु हुदैन । त्यसले अरुलाई नि टाेक्न सक्छ ।
८-चुसेर बीस निकाल्ने प्रयास गर्नु हुदैन ।
९-यश समयमा चिया रक्सि कपि नदिनुहाेस ।
९-बिस्तारै नजिककाे अस्पताल लैजानुहाेस ।
१०- यश समयमा बढी अातिनु हुदैन जसले गर्दा ह्रदयघात हुन सक्छ ।
११-टाेकेकाे ठाउँमा नकाट्ने नचुस्ने कुनै मलम वा रासायनिक पदार्थ नलगाउने ।
१२-धामी झाक्रि कहाँ उपचार गराउछु भन्दा बिरामीको ज्यान जान सक्छ त्यसैले पहिले अस्पताल लाने ।
१३-रबर वा डाेरीले कडा रुपमा नबाध्ने जसले गर्दा शरिरमा रक्त सञ्चार नहुन सक्छ ।







