नेइमार विश्वकै सर्वश्रेष्ठ खेलाडी भएको पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस टुचेलले बताएका छन्।
नेयमारसँग आफूले ठूलो आशा राखेको भन्दै टुचेलले नेयमारले टिमलाई नेतृत्व गर्न सक्ने र एक महान खेलाडी भएको बताएका हुन्।

यो सिजन पनि पिएसजीले लिग वानको उपाधि रक्षा गर्ने भन्दै उनले पहिलो पटक च्याम्पियन्स लिग जित्नेसमेत लक्ष्य राखेको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टुचेलले नेइमारलाई जोखिम उठाउन सक्ने खेलाडी भएको दाबी गरे।
पिएसजीले आइतबार राती केन विरुद्ध लिग वानको पहिलो खेल खेल्दैछ ।







