मलेसियामा जारी एसिसि एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बिहिबार आफ्नो दोस्रो खेलमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटिएको छ।

नेपालका लागि सुवास खकुरेलले अर्धसतकीय पारी खेले पनि अन्य ब्याट्मेन टिक्न नसक्दा लगातार दोस्रो हा व्यवहोर्दै छनोट सम्भावना कमजोर भएको हो।

नेपालका लागि खकुरेलले ९७ बल खेल्दै १ छक्का र २ चौकासहित ५० रन बनाए।

दीपेन्द्र सिंह ऐरीले ४० रन बनाउँदा अरू ब्याट्मेन सस्तैमा समेटिए। ऐरीले ६४ बल खेल्दै २ चौका प्रहार गरे।

कप्तान पारस खड्काले १६ रन बनाउँदा ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए।

नवौ नम्बरमा आएका सोमपाल कामीले २७ रन बनाए भने सन्दिप लामिछानेले २ रन बनाए।

युएईका लागि अहमेद राजाले सर्वाधिक ४ विकेट लिए। मोहम्मद नाबिदले ३ तथा आमिर हायातले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको थियो।

यो जितसँगै युएई २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ।

नेपाल लगातार दोस्रो हारसँगै पुछारबाट दोस्रो स्थानमा छ। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा ५ खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार