एसिया कप छनौटमा नेपालले मलेशियाका सामु १ सय ८९ रनको लक्ष्य दिएको छ । पहिला व्यांटिङ गरेको नेपालले मलेशियालाई १ सय ८९ रनको लक्ष्य दिएको हो । ३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
केहि बेरमा जवाफी व्यांटिङको लागि मलेशिया मैदान उत्रने तयारी गरीरहेको छ । नेपालको लागि ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ रनको योगदान दिए । त्यस्तै सागर पुन शुन्यमै आउट भएका थिए । नेपालले ६० रन जोड्दा महत्वपुर्ण पाँच विकेटका गुमाउन परेको अवस्थामा बाट सम्हालिएको व्यांटिङ गर्दै १ सय ८८ रनको योगफल तयार पारेको हो ।
नेपालको पारी दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए । छैटौं विकेटका लागि आरिफ शेखसँग १ सय १ रनको साझेदारी गरेका दिपेन्द्रले व्यक्तिगत ५४ रनको योगदान दिएका थिए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । व्यांटिङको तुलनामा नेपालको बलिङलाई बलियो पक्षको रुपमा लिने गरिएको छ । अब मलेशियाविरुद्ध नेपालले कस्तो बल फ्याक्छ त्यो भने हेर्न बाँकी नै छ ।







