मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा हङकङ विरूद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । फाइनल आस कायमै राख्न हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ ।
ताजा अवस्थामा ७.४ ओभरको खेलमा १ विकेट गुमाइ नेपालले २३ रन जोडको छ । प्रारम्भिक ब्याट्सम्यान सुुभास खकुरेल खाता नखोलि बोल्ड आउट भए । कप्तान पारस खड्का १४ रन र अनिल शाह ७ रन बनाएर क्रिजमा छन् ।
अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंङापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।
हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालाले सुखद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।







