
शहिद दिवसको अवसरमा मेरुडण्डीय पक्षघात समुह नेपालद्धारा आयोजीत ‘साहसिक ह्वीलचियर दौड प्रतियोगिता’ आज गोकर्णेश्वर, ०८ मा सम्पन्न भएको छ ।
मेरुडण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋशिराम ढकालको अध्यक्षतामा गोकर्णेश्वर न.पा. का नगर प्रमुख सन्तोष चालिसेको प्रमुख अतिथी र राष्ट्रिय शहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देलको विषेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
९०० मिटर लामो ‘साहसिक ह्वीलचियर दौड प्रतियोगिता’ नेपालमै पहिलो पटक भएको हो । उक्त प्रतियोगितामा पुरुषतर्फ दान बहादुर थिङ प्रथम, खुम बहादुर पाण्डे द्धतिय र विजय रोकाय तृतिय भएका थिए ।
प्रतियोगी महिला तर्फ रजनी राई प्रथम भइन भने यसैगरी पुजा चौधरी द्धतिय र लाली तामाङ तृतिय भएका थिए । विजेतालाई क्रमश १५ हजार, १० हजार र ५ हजार पुरुस्कार सहित ट्रफि,मेडल र प्रमाणपत्रद्धारा सम्मानित गरियो ।
स्वयमसेवकको भुमिकामा आत्मज्ञान प्रचार संघ, नेपाल आर्मि, स्काउट, डिआइए फाउण्डेसन, खगेन्द्र स्कुल लगाएत संघसंस्थाले सहयोग गरेका थिए ।
उक्त प्रतियोगितामा लामो समयसम्म अपाङ्ग हितको लागि काम गरिराखेका बसन्त थापा र अभय केसिले पनि स्वयमसेवकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रम शहिद दिवसको अवसर पारी शहिद पार्कमै सम्पन्न भएको थियो ।
भिडियो हेर्नुहोस्







