स्पीनरहरुले शानदार प्रदर्शन गरेपछि नेपालले विश्वकप लिग-२ क्रिकेटमा पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले शनिबार अमेरिकालाई  ३५ रनले हरायो।

पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन जोडेको थियो। नेपालका लागि मध्यक्रमका विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० न जोडे। कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९ र करन केसीले १२ रन बनाए। विनोद र कुशलले छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर एक सय ५५ रन जोड्यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार