बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्याम्प नाउमै रहने भएका छन् । यसअघि बार्सिलोना छोड्न चोहेको घोषणा गरेका मेस्सीले अन्तः बार्सिलोनामै रहने बताएको बीबीसीले जनाएको छ ।

यसअघि ३३ वर्षीय मेस्सीले आफ्नो क्लजको प्रयोग गर्दै क्लब छोड्न चाहेका थिए । जुन उनले आफू निः शुल्क रुपमा स्थानान्तरणको अनुमति पाएको सोचेका थिए ।

तर क्लबले भने उनका लागि ७०० मिलियन युरो रिलिज क्लज तोकेपछि उनी क्लबमै रहने भएका हुन् । “मैले सोचे र म निश्चिन्त छु कि म स्वतन्त्र छु,” मेस्सीले भने, “यसअघि अध्यक्षले मलाई सिजनको अन्त्यमा क्लबमा बस्ने वा नबस्ने भन्ने निर्णय मलाई छोडेका थिए ।”

उनले थपे, “अब म क्याम्प नाउमै निरन्तरता दिनेछु किनकि अध्यक्षले मलाई क्लब छोड्ने एक मात्र तरिका भनेको ७ सय मिलियन युरो तिर्नु पर्ने दायरा तोकेको छ । जुन असम्भव छ । त्यसै कारणले गर्दा म क्लबमा निरन्तरता दिन गइरहेको छु ।”

मेस्सीले आफुले बार्सिलोना छोड्न चाहेको विषय १० जूनभन्दा पहिले नै भन्नु पर्ने थियो । तर, त्यस्तो हुन नसकेन उनको रिहाइको माग पूरा हुन सकेन् । “अब क्लब यो तथ्यमा अडिग रहन्छ कि मैले १० जून भन्दा अघि यो भन्नु पर्ने थियो । तर, १० जुनमा हामी ला लिगाको लागि प्रतिस्पर्धा गरिरहेका थियौ,” उनले भने, “मलाई क्लब छोड्ने अर्को तरिका थियो । त्यो हो मुद्दामा जानु । जुन म बार्सिmलोनाकोविरुद्ध अदालतमा कहिले पनि जान सक्दिन । किनभने यो मलाई मनपर्ने क्लब हो । जसले मलाई आजसम्म सबै थोक दिएको छ ।”

उनले थपे, “यो मेरो जीवनको क्लब हो । मैले यहाँ आफ्नो जीवन बनाएको छु । मलाई थाहा छ कि बार्सिलोनालाई अदालतमा लैजान मेरो दिमाग कहिल्यै आएन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार