माघ १४, २०८२ बुधबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोक हेलिपोर्टको १३ करोड ५७ लाख भ्रष्टाचार प्रकरणमा विशेष अदालतको प्रारम्भिक आदेश ‘फितलो’ भएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएको छ। विशेषको आदेशले गम्भीर भ्रष्टाचार आरोपितलाई सहजै उन्मुक्ति मिल्ने जोखिम बढाएको आयोगको ठहर छ।

भ्रस्टाचार निवरण गर्ने संवैधानिक निकायले सर्वोच्चमा दर्ता गरेको रिटमा प्रतिवादीलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने माग गरिएको छ। बिगो र पदको दुरुपयोग हुँदा पनि आरोपितलाई सहजै उन्मुक्ति दिनुले भ्रष्टाचार नियन्त्रणमा चुनौती थपेको उसको तर्क छ।

अख्तियारले आरोपीलाइ पुर्पक्षका लागि थन्नुपर्छ भनेको नलिञ्चोक हेलिपोर्ट भ्रस्टाचार प्रकरण के हो?  यी ७ बुँदा पढ्नुहोस:

१. आज अख्तियारले किन अर्को सर्वोच्चमा मुद्दा दायर गरेको हो?
आयोगले दायर गरेको मुद्दा विशेषगरी प्रमाण नष्ट गर्नसक्ने खतरा रहेको वा थप बिगो खुलेका कारण दर्ता भएको हो। कहिलेकाहीँ एउटै आयोजनाको फरक-फरक आर्थिक वर्ष वा फरक विधामा अनियमितता भेटिएमा पनि थप मुद्दा दायर गरिन्छ।

२. थुनामा राख्न माग गर्दै मुद्दा दायर गर्दाको महत्त्व के हो?
अख्तियारले प्रतिवादीहरूलाई थुनामा राख्न वा कडा सजाय माग गर्दै मुद्दा दायर गर्नुको विशेष महत्व छ। पहिलो प्रमाण संरक्षण: प्रतिवादी थुनामा नहुँदा प्रमाण नष्ट गर्न सक्ने जोखिम हुन्छ। दोस्रो जवाफदेहिता: राज्यको ढुकुटी दुरुपयोग गर्नेहरूमाथि कडा कानुनी कारबाही हुन्छ भन्ने सन्देश प्रवाह हुन्छ। तेस्रो क्षतिपूर्ति: बिगो असुल उपर गरी राज्यलाई भएको हानि नोक्सानी फिर्ता गराउन सहज हुन्छ।

३.नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण के हो?
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा निर्माण गरिएको नलिञ्चोक हेलिपोर्ट निर्माणका क्रममा भएको अनियमितता नलिञ्चोक भ्रष्टाचार प्रकरण हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको नेतृत्वमा आयोजनामा कमसल काम गरी सरकारी रकम हिनामिना गरिएको थियो।

४. हेलिपोर्ट निर्माणमा कसरी भ्रष्टाचार गरिएको हो?
अख्तियार दुरूपयोग अनुसन्धान अगको अनुसन्धानअनुसार नलिनचोक होलिपोर्टमा मुख्य दुई तरिकाले भ्रष्टाचार भएको छ। पहिलो, कमसल निर्माण, हेलिप्याड निर्माणमा प्रयोग गरिएका सामग्रीहरू गुणस्तरहीन थिए र मापदण्ड अनुसार काम भएको थिएन। दोस्रो, साइटमा भएको वास्तविक कामभन्दा बढीको मेजरमेन्ट बुक तयार पारी ठेकेदारलाई बढी भुक्तानी दिइएको थियो।

५. कति जनालाई मुद्दा दायर गरिएको थियो?
यस प्रकरणमा अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन कर्मचारी, इन्जिनियर र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुख्य खेलाडी प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामा छन्।

६. कति जनालाई थुनामा पठाउने आदेश भएको छ?
विशेष अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ र थुनछेक बहसपछि केही प्रतिवादीहरूलाई धरौटीमा छाड्ने वा साधारण तारिखमा राख्ने आदेश दिन्छ। नलिञ्चोक प्रकरणमा पनि संलग्नहरूलाई अदालतको आदेश अनुसार धरौटी माग गरेको थियो।

७. नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचारको पृष्ठभूमि के हो?
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र हेलिकप्टर सञ्चालनलाई व्यवस्थित गर्न सरकारले नलिञ्चोकमा हेलिपोर्ट बनाउने निर्णय गरेको थियो। करिब ११ करोड रुपैयाँ को लागतमा निर्माण सुरु गरिएको यो आयोजना सुरुदेखि नै विवादमा थियो। हतारमा ठेक्का लगाइएको र प्राविधिक पक्षलाई बेवास्ता गरिएका कारण यो भ्रष्टाचारको अखडा बन्न पुगेको थियो।

यो पनि: नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार