आज (बिहीबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम अघिल्लो दिनको तुनलामा २ डिग्री सेल्सियस घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा देखिएको हो।
हिजो बुधबार यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो।
तर पछि बिहान ८:४५ बजे १ डिग्री सेल्सियस घटेर बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस कायम भएको थियो।
आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।







