नेपाली सेनाले चार ठाउँमा आफ्ना हवाई साधनहरू चुनावको सुरक्षाका लागि तैनाथ गरिने जनाएको छ

नेपाली सेनाले यस पटक निर्वाचनलाई लक्षित गरेर हवाई गस्ती पनि गरिने भन्दै त्यसका लागि देशका विभिन्न ठाउँहरूमा ‘सुरक्षा वेस’ स्थापना गरिने बताएको छ।

निर्वाचनका लागि तय गरिएको एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै ७८,००० भन्दा बढी सैनिक निर्वाचनको सुरक्षामा खटिने उल्लेख गरिएको छ।

नेपाली सेनाका प्रवक्ताले निर्वाचनपूर्व, निर्वाचनका बेलार मतदानको समापनपश्चात् सुरक्षाकर्मीहरूले निर्वाह गर्नुपर्ने भूमिका तय गरिएको भन्दै मतगणनाको दिन तेस्रो घेरामा सेना तैनाथ रहने र सुरक्षाका लागि आवश्यक उत्तरदायित्व वहन गर्ने बताए।

उनले मतदानको मितिभन्दा एक महिनाअगाडि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षाको जिम्मा लिएका महत्त्वपूर्ण संरचनाहरूको सुरक्षामा खटिने पनि बताएका छन्।

निर्वाचन आयोगको तालिकाअनुसार नेपालभरि सबै १६५ निर्वाचन क्षेत्रमा फाल्गुन २१ एकैदिन मतदान हुने छ।

नेपाली सेनाको हवाई गस्ती के हो?

यसपालि निर्वाचन सुरक्षाका लागि छुट्ट्याइएको कुल बजेटमा गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड रुपैयाँ, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको अधिकारीहरूले बताएका छन्।

सरकारले तयार पारेको केन्द्रीय सुरक्षा योजनामा “मतदाता, उम्मेदवार, प्रतिनिधि, कर्मचारी लगायत सरोकारवाला सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन हवाई गस्ती” गरिने उल्लेख छ।

उक्त योजनामा हवाई गस्तीका लागि आवश्यक जनशक्ति उपलब्ध गराइने र उद्धार सामग्री आपूर्ति गर्न हेलिकप्टरको प्रबन्ध मिलाइने पनि उल्लेख छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार