शुक्रबार, माघ १६, २०८२

२४ माघदेखि सुरु हुने सातौं संस्करणको ‘झापा गोल्डकप फुटबल प्रतियोगिता’कोे तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलकै चर्चित र व्यवस्थित गोल्डकपको रुपमा परिचय बनाएको झापा गोल्डकप आगामी फागुन ४ गतेसम्म चल्नेछ ।

प्रतियोगिता आयोजक समितिले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी यस वर्ष गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिएको छ । यस वर्ष विजेताले नगद १५ लाख तथा उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

गोल्डकपको यस वर्षको संस्करणलाई गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष बिनोद बस्नेतको स्मृतिमा सञ्चालन गर्न लागिएको गिरीले बताए । प्रतियोगितामा घरेलु टोली झापा–११ सहित भुटान, भारत र मलेसियाको गरी १० टिमको सहभागिता रहने छ ।

गोल्डकपमा झापा–११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, लालीगुराँस एसोसिएशन पोखरा, रोयल थिम्पु कलेज भुटान, सिङग्लिन स्पोर्टिङ क्लब भारत र एन पेनाङ क्लब मलेसियाको सहभागिता रहने अध्यक्ष गिरीले जानकारी दिए ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ३५ हजार तथा प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने गोल्डकपका महासचिव बुद्ध तामाङले जानकारी दिए ।
गोल्डकपका लागि बिर्तामोड–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा करिब १० हजार क्षमताको बाँसको प्याराफिट निर्माण गरिएको छ ।

A+AA

गोल्डकप उद्घाटन समारोहमा यस वर्ष पनि जिल्लाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने तामाङले बताए । त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार सहित सम्मान गरिनेछ ।

गोल्डकप सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । गोल्डकपमा ५० हजारभन्दा बढी दर्शकले खेल हेर्ने गोल्डकप आयोजक समितिका उपाध्यक्ष गजेन्द्र पौडेलले बताए । झापा गोल्डकप २०७२ सालदेखि सुरु भएको हो । गोल्डकप सञ्चालनका लागि ८०० जनाले सदस्यता लिएका छन् । यस वर्ष मात्र एक सय ९० जना नयाँ सदस्य थपिएको पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार