
काठमाडौं महानगरपालिका–४ सुकेधारा चोकस्थित सडकमा प्र.२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं काभ्रेस्थली बस्ने संखुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको गए राति मृत्यु भएको प्रहरीले जनाएको ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको हो ।
यस्तै, काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक
तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।







