
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०।१२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४।६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ ।
त्यस्तै निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटेको छ भने पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ ।
त्यस्तै निगमले ग्याँसमा प्रति सिलिण्डर ४५।४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल(मट्टीतेल प्रति लिटर १३९ भएको निगमले जनाएको छ ।







