माघ १८, २०८२

  • एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । 

     

    काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ ।

    एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे ।

    यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो ।

    यस्तै चेल्सीले वेस्ट ह्यामलाई ३–२ ले हराएर ४० अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा बर्नमाउथले उल्भ्सलाई २–० ले हरायो भने ब्राइटन र एभरटनले १–१ को बराबरी खेले ।

     

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार