२०८२ माघ १८ गते
![]()
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको शानदार जित हुने बताएका छन् ।
आइतबार बिहानै बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘शुभ बिहान ! थाहानगर जाँदा हामी । नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान–अग्लो ठाउँबाट परको हिमाल आफू भन्दा होचो र धुर्मैलो देखियो । अझ तलको थानकोट चन्द्रमाको क्रेटर । र, मानिस नि ? ए, ती त केवल कमिला जस्ता । राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई। तर महेश सानदार जित्छन् ।’
बास्कोटा शनिबार मकवानपुरको थाहानगरमा महेश बर्तौलाको चुनावी घरदैलो अभियानमा प्रमुख वक्ता बनेर आएका थिए । उनले शनिबार महेश बर्तौलाको प्रशंसा गर्दै महेशमा सुवास नेम्बाङको झल्को देखिने भनेर खुलेर प्रशंसा गरेका थिए ।







