एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, ‘हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।’रोक्सी लैला नाम की जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो ।

उनले भनिन्, ‘चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्ना भाइबहिनीहरूसँग छुट्टी मनाउनको लागि समयमा नै आइपुगे ।’आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । ह्याचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गरेकी छन् । ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो। यो एक दुर्लभ जन्मजात अवस्था हो जसले बच्चा जन्माउने लगभग ० दशमलव ३ प्रतिशत महिलाहरूलाई असर गर्दछ । उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ facebook sharing button

मे महिनामा नियमित आठ हप्ताको अल्ट्रासाउन्डका लागि अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनीसकेकी ह्याचरले यो पटक आफ्नो पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नो दुर्लभ दुई वटा गर्भाशयमा एक एक वटा भ्रुण रहेको थाहा पाएकी थिइन् ।

बर्मिङ्घमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा ह्याचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ । ह्याचरका अनुसार सन् २०१९ मा बङ्गलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जन्माएक थिइन् ।

twitter sharing button
whatsapp sharing button
email sharing button
sharethis sharing button

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार