बिहान चियाको सट्टा दिनको सुरुवात एक गिलास सुन्तलाको जुसको सेवनले निकै फाइदा हुने पाइएको छ ।  सुन्तलाको जुस पिउनाले भिटामिन सी भरपुर पाइने भएकाले शरीरमा धेरै आश्चर्यजनक परिवर्तन आउन सक्छने एक अध्ययनले देखाएको छ ।

भिटामिन सीको पावर हाउस
सुन्तलाको जुस भिटामिन सी, फोलेट र पोटासियमको भण्डार हो । एक महिनासम्म दैनिक सुन्तलाको जुस पिउनाले रोग प्रतिरोधात्मक प्रणाली उल्लेखनीय रूपमा बलियो हुन्छ । मौसमी रुघाखोकी र थकानमा कमी आएको महसुस गर्नु हुनेछ । भिटामिन सीले शरीरलाई सेतो रक्त कोशिका उत्पादन गर्न मद्दत गर्दछ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।
छालामा प्राकृतिक चमक
सुन्तलाको जुसमा रहेको एन्टिअक्सिडेन्ट र पानीको मात्राले छालालाई भित्रबाट हाइड्रेट गर्छ । भिटामिन सीले कोलेजन बनाउन मद्दत गर्छ, जसले चाउरीपना कम गर्छ र छालालाई जवान र चम्किलो बनाउँछ ।
पाचन प्रणाली सुधार
सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन सुधार गर्छ । यसले शरीरलाई डिटक्सिफाइ गर्न र कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्छ । अत्यधिक एसिडिटीबाट पीडित हुनुहुन्छ भने खाली पेटमा सुन्तलाको जुस पिउनु अघि तपाईंले सावधानी अपनाउनु पर्छ ।

ऊर्जाको स्तरमा परिवर्तन

सुन्तलामा प्राकृतिक चिनी हुन्छ । यसले शरीरमा बिस्तारै ऊर्जा छोड्छ । बिहान सुन्तलाको जुस पिउँदा दिउँसोसम्म पनि तपाईंलाई बढी सक्रिय र ऊर्जावान महसुस गराउँछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार