लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका प्रजापति शिवाकोटीले शिक्षा क्षेत्र मार्फत आफू जन्मेको स्थान झापाको हल्दीबारीलाई सम्झेका छन्।

सबैभन्दा ठूलो सम्पती शिक्षा भएको कुरा बताउने शिबाकोटीले आफ्ना हजूरबुबा भानुभक्त शिबाकोटी र हजूर आमा पबित्रा शिबाकोटीले नाममा २ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

शिबाकोटी भन्छन -‘ हामी हरेक बर्ष त्यस स्थानमा रहेर शिक्षा क्षेत्रमा बिशेष योगदान दिने ब्यक्ति , एक पुरूष र एक जेष्ठ महिला नागरिकलाई नगद सहित सम्मान गर्ने छौ -‘ ।

यसैबिच पहिलो कार्यक्रममा झापाको हल्दीबारीका जेष्ठ पुरूष भानुभक्त पोखरेल जेष्ठ महिला हिनादेबी मैनालीलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षासेबी नरेन्द्र कुमार कार्कीलाई पनि सम्मान गरियो । कार्यक्रममा प्रबासमा रहेर पनि आफ्नो जन्मस्थानका लागि सहयोग गर्ने प्रजापति शिबाकोटीलाई धन्यबाद दिईएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार