B.J.P – का युनियन होम अफेयर्स मिनिष्टर किरण रिजुले विगत २१ तारिखको दिन सिक्किम भ्रमणको अवधि गोजमुमो-का टोलिलाई भनेका थिए- “आन्दोल्न राज्यलाई अर्थात ममतालाई चाप दिन होइन केन्द्रलाई अर्थात मोदीलार्इ चाप दिन गरिनुपर्छ।” उनको भनाइ निर्क्योल गर्दा सहि हो।कारण केन्द्रले चाहेको खण्डमा राज्यको समर्थनबिना नै राज्य गठन गर्न सक्दछ तर के केन्द्र साँच्चै गोर्खाहरुको हितमा छ के ? भाजपाका केही साँसद अनि नेताहरु गोर्खाल्यान्डको पक्षमा छन्, जस्तै सुब्रमनियम स्वामी,किरण रिजु,मुख्यमन्त्री आदित्यनाथले त खुल्ला समर्थन गरिरहेका छन् तर भाजपाका शीर्ष नेताहरु भने प्रत्यक्ष वा परोक्ष रुपमा गोर्खाल्यान्डको विरोधमा छन् । उदाहरणको रुपमा हेरौं-
D.J.H.C पश्चात् २००६ -मा दार्जिलिङ पहाड्को निम्ति बङ्गाल विधानसभाबाट पारित भएर केन्द्रमा गएको छैटौं अनुसूचीको बिल रोक्ने पनि B.J.P नै थियो । संसदीय चुनाव प्रचारको समयमा S.S Alhuwalia-ले मिरिक फुलबारी ग्राउन्डबाट यश कुरालाई जोडजोडले भनेका थिए । अहिले सबैले महसुस गरिरहेका छन् कि G.T.A भन्दा छैटौं अनुसूची नै राम्रो हुने थिएछ । फेरि २०११-मा प्रदान गरिएको G.T.A असफल भए पश्चात् अहिले फेरि गोर्खाल्याण्डको आवाज जोडतोडले उठिरहेको समयमा State BJP अनि केन्द्रका केही नेताहरुले स्पष्ट बयान दिइरहेका छन् कि उनिहरु गोर्खाल्यान्डको समर्थन गर्दैनन् । अब यहाँबाट थाहा हुन्छ 6th Schedule अनि अहिले गोर्खाल्यान्डको विरोध गर्ने पनि B.J.P नै त हो भने के B.J.P साँच्चै हाम्रो हितमा छ त ?
यसर्थ बुझ्न पर्ने कुरा यहाँ छ कि अबको आन्दोलन राज्यलाई चाप दिन होइन केन्द्रलाई दिन पर्छ । किरण रिजुले सही भनेका हुन् । उनी गोर्खाहरुको माङ्ग प्रति सहानुभूति राख्ने भएअ तापनि उनी एकजना B.J.P-का नै सांसद भएका हुनाले उनले खुल्ला रुपमा भन्न सक्नुभएन । यद्यपि उनले बाटो चाहिँ देखाईदिए । कारण सबैलाई थाहा छ गोर्खाल्यान्ड अवश्य हुन्छ । कारण यो गोर्खाहरुको संवैधानिक माङ्ग हो।तर चाप राज्यलाई होइन केन्द्रलाई दिन पर्छ ।
केन्द्रले सकेभर आन्दोलनलाई दबाउने छन् । गोटी फाल्नेछन् तर हाम्रो नेताहरु यसमा फसिनुभएन।समय लाग्छ । धर्ना,जुलुस लगातार राख्न पर्छ । गोर्खाल्यान्ड अवश्य हुन्छ । अब हाम्रो स्थानीय नेताहरुले पनि बुझ्नपर्यो कि S.S Ahaluwalia -लाई नमस्ते गरेर होइन मुर्दाबादको नारा लगाएर चाप दिन पर्छ । नेताहरु एकर्कामा दोषारोपण र पार्टी पावर देखाउने ताकमा होइन एकभएर लड्नुपर्छ । एकार्काको इगो भुलेर आउन पर्छ । त्यसपछि हेरौं हाम्रो माङ्ग कसले रोक्न सक्दो रहेछ । मदन तामाङ भन्ने गर्दथे जन्ता एक भयो भने राज्य त के केन्द्रले घुडा टेक्नेछ । हाम्रो माङ्गप्रति राज्य सरकार त विरोधी नै हो तर केन्द्र पनि यसको विरोधमा हुँदा हामी हतास हुनु स्वभाविक नै हो तर हामी जनता एक भएर लड्यौं भने असम्भव केही छैन । सिलिगुडी







