
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमावर्ती नाका गड्डाचौकी हुँदै भारत प्रवेश गरेका छन्।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका रवि शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। धनगढी विमानस्थलबाट उनी सडकमार्ग हुँदै कञ्चनपुर पुगेका थिए।
कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका लामिछानेको भ्रमण धार्मिक स्थलको दर्शन तथा पूजाआजामा केन्द्रित रहने जनाइएको छ।
भ्रमणका क्रममा लामिछाने दम्पती भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्ने कार्यक्रम छ।
उनीहरू दुवै धार्मिक स्थलमा पूजाआजा गर्ने योजनासहित भारत गएको बताइएको छ।







